काठमाडौँ, २६, भदौ
दूरसञ्चार क्षेत्रमा बढ्दो प्रतिस्पर्धाले उपभोक्तामा पर्याप्त छनोटको अवसर सिर्जना भएका कारण कुल जनसंख्या भन्दा झन्डै एक तिहाई बढीमा सेवा विस्तार भएको छ । "/>

जनसंख्या भन्दा मोबाइल प्रयोग गर्नेहरु धेरै !

जनसंख्या भन्दा मोबाइल प्रयोग गर्नेहरु धेरै !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २६, भदौ
दूरसञ्चार क्षेत्रमा बढ्दो प्रतिस्पर्धाले उपभोक्तामा पर्याप्त छनोटको अवसर सिर्जना भएका कारण कुल जनसंख्या भन्दा झन्डै एक तिहाई बढीमा सेवा विस्तार भएको छ ।

सेवाग्राहीले एकभन्दा बढी कम्पनीको सेवा प्रयोग गर्दा जनसंख्या भन्दा बढी संख्यामा सेवा विस्तार भएको हो । पछिल्लो तथ्यांक अनुसार नेपालमा साढे ३ करोडले दूरसञ्चार सेवा लिएका छन । प्राधिकरणका अनुसार ३ करोड ५२ लाख ६ हजार ६ सय ८७ वटा मोवाइल सिम तथा टेलिफोन लाइन वितरण भएको छ । प्राधिकरणले ०६८ सालको जनगणनालाई आधार मान्दै सिमकार्ड तथा टेलिफोन लाइन वितरणका आधारमा दूरसञ्चारको सेवाको पहुँचको अवस्था सार्वजनिक गर्छ । यसै आधारमा प्राधिकरणले १३२.८८ प्रतिशत जनसंख्याले दूरसञ्चार सेवा लिएको जनाएको छ । प्रतिवदेन अनुसार ३ करोड ३५ लाख ४ सय अर्थात १ सय २४ प्रतिशत मोबाइल प्रयोगकर्ता छन् । यस्तै साधारण टेलिफोन (ल्यान्डलाइन) प्रयोगकर्ता ८ लाख ५८ हजार ९ सय १४ अर्थात ३.२ प्रतिशत र अन्य सेवा प्रयोगकर्ताहरू ८ लाख ४७ हजार अर्थात ३.२४ प्रतिशत छन् ।
कारोबारबाट

Logo