काठमाडौँ, भदौ ,२६
गत हप्ता राजधानीमा बरामद भएको ८८ केजी सुन तस्करीमा सुरक्षाकर्मीकै मिलेमतो रहेको अनुमान गरिएको छ । "/>

८८ किलो सुन तस्करीमा सुरक्षाकर्मी नै सहयोगी ?

८८ किलो सुन तस्करीमा सुरक्षाकर्मी नै सहयोगी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, भदौ ,२६
गत हप्ता राजधानीमा बरामद भएको ८८ केजी सुन तस्करीमा सुरक्षाकर्मीकै मिलेमतो रहेको अनुमान गरिएको छ । रसुवा नाकाबाट राजधानी आउने विभिन्न चेकपोष्टहरु मध्ये एउटामा मात्र सुन तस्करीमा संलग्न गाडीको रेर्कड राखिएको छ । अरुमा रेर्कड नभएपछि यो शंका गरिएको हो । नुवाकोट कटेर केरुङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२ वटा चेक प्वाईनट काट्नुपर्छ । जिल्लाको टिमुरे ४, स्याफ्रुमा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावातीमा एक चेक पोस्ट छन् ।

रसूवाका टिमुरे, स्याफ्रु, धन्चे र कालिकास्थानमा नेपाली सेनाका चारवटा चेक पोस्ट छन् । लाङटाङ राष्टिय निकुन्जको सुरक्षामा रहेको सेनाले पनि चेक पोष्ट राखेको छ । हरके चेकपोष्स्टले सामान बोक्ने सवारीसाधनको विवरण रेकर्डमा राख्ने गरे पनि ८८ किलो सुन फेला परेको गाडीको टिमुरेमा रहेको सशस्त्र प्रहरीको चेक पोस्टमा मात्रै दर्ता रहेको देखिएको छ । सुरक्षा स्रोतका अनुसार नेपालतिरको अन्तिम नाका टिपुरेमा भदौ १५ गने मध्याह्न गाडी पार भएर तिब्बत गएको देखिन्छ ।
नागरिकबाट

Logo