काठमाडौँ, भदौ ,२६
उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनमा सबैभन्दा बढी किशोरीमाथि यौनजन्य दुव्र्यहार हुने गरेको पाइएको छ । "/>

रोकिएन सवारी साधनमा यौनजन्य र्दुव्यवहार

रोकिएन सवारी साधनमा यौनजन्य र्दुव्यवहार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, भदौ ,२६
उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनमा सबैभन्दा बढी किशोरीमाथि यौनजन्य दुव्र्यहार हुने गरेको पाइएको छ । यस्तो घटना बिहान भन्दा साँझको समयमा बढी हुने गरेको छ ।  बस, मिनीबस, माइक्रोबस र टेम्पोमा सवार महिलामाथि हुने यौनजन्य दुव्र्यवहार र हिंसा नियन्त्रण गर्न महानगरीय प्रहरी कार्यालयले गत साउन १८ गतेदेखि ‘सेफ्टी–पिन’ अभियान सञ्चालन गरेको थियो । उक्त अभियान सञ्चालन भएको एक महिना अवधिमा ७० जना पक्राउ परेका छन् । यौनजन्य दुव्र्यवहारमा संलग्न ३७, अश्लील क्रियाकलाप देखाउने १०, अपशब्द प्रयोग गरी गालीगलौज गर्ने १०, पाकेटमार आठ र अन्य पाँच पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी यौनजन्य दुव्र्यवहार नेपाल यातायातका बसमा हुने गरेको पाइएको छ । प्रहरी निरीक्षक शर्मिला गुरुङले सो सम्बन्धमा नेपाल यातायात बस व्यवसायी, चालक र सहचालकसँग छलफल गरिएको जानकारी दिइन् ।
गोरखापत्रबाट

Logo