सिरहा , भदौ ,२६
तेस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरु मतदाताको घरदैलोमा धाउँदै मत तान्न सक्रिय देखिन्छन् । यति बेला उम्मेदवार मतदाता समक्ष आफ्ना चुनावी एजेन्डा सुनाउन व्यस्त छन् ।
नवराजपुर गाउँपालिकाका बौएलाल यादवको घरमा शनिबार उम्मेदवारको व्यक्तित्वदेखि विभिन्न पार्टीले विगतमा गरेका विकास गतिविधिबारे चर्चा चलिरहेको थियो । मत तान्न उम्मेदवारले दिनहुँ जसो गर्ने भोजभतेर र आर्थिक प्रलोभनबारे समेत खुला छलफल भइरहेको थियो । पार्टी फेरेर टिकट लिई नोट र भोजकै बलमा मतदाता झुक्याउन आउने उम्मेदवारसँग सचेत बस्नुपर्ने सल्लाह हुँदैथियो । लोभमा परेर भोट दिने जनतापछि खाडलमा पर्छन् । ‘विकास गर्ने, भेदभाव नगर्ने, समाजमा मेलमिलाप कायम राख्ने, ठूला गफ हाँकेर काम केही नगर्नेलाई चुन्नु हुन्न,’ यादवले भने । उनकै भनाइमा थप्दै खुसीलाल यादवले पनि दल बदलु (दल परिवर्तन गर्ने) लाई नोट र भोज खुवाएकै भरमा भोट दिन नहुने विचार राखे । ‘उम्मेदवारको व्यक्तित्व मूल्यांकन गनुपर्छ,’ उनले भने, ‘पैसाको खोलो बगाएर चुनाव जित्ने उम्मेदवारले पछि विकास गर्दैन ।’
नागरिकबाट





























प्रतिक्रिया