बझाङ , भदौ, २५
अधिकांश गाउँहरुमा वालविवाह भईरहने बझाङ जिल्लामा यतिखेर बालविवाह अन्त्यका लागि समिति गठन गरिएको छ । सदरमुकाममा आयोजित एक समारोहमा उक्त समिति गठन गरिएको छ । "/>

बालविवाह रोक्न स्थानियको सक्रियता

बालविवाह रोक्न स्थानियको सक्रियता

केन्द्रबिन्दु
0
Shares

बझाङ , भदौ, २५
अधिकांश गाउँहरुमा वालविवाह भईरहने बझाङ जिल्लामा यतिखेर बालविवाह अन्त्यका लागि समिति गठन गरिएको छ । सदरमुकाममा आयोजित एक समारोहमा उक्त समिति गठन गरिएको छ ।  यूएनएफपिएको सहयोग तथा जूरी नेपालद्धारा आयोजित बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति ०७२ प्रभावकारी कार्यान्वयन विषयमा जिल्ला स्थित सरोकारवालासँग एक दिने कार्यशाला गोष्ठिमा समिति गठन गरिएको हो ।

जिल्ला स्थित दलित सहयोग समाजका संस्थापक अध्यक्ष सुनिल दमाईको संयोजकत्वमा ४० सदस्यीय क्रियाशिल समिति गठन गरिएको यूएनएफपिएका जिल्ला संयोजक धन बहादुर लम्सालले जानकारी दिए । बालविवाह अन्त्य गर्न गठित सक्रिय समितिले जिल्लामा बालविवाह गर्ने गराउने जो कोहीलाई कानुनी दायरामा ल्याउने जनाएको छ । जिल्लाको कुनै पनि गाउँमा वालविवाह हुँदा समितिलाई सुचना दिने ब्यक्तिको नाम गोप्य राख्ने तथा सो ब्यक्तिलाई पुरस्कृत गर्ने समेत समितिले निर्णय गरेको छ ।
हिमालय टाइम्सबाट

Logo