नुवाकोट, २४ भदौ । नुवाकोटको थानाभञ्ज्याङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । काठमाडौंबाट नुवाकोटका लागि छुटेको बा १ ख ६३४८ नम्बरको बस आज दिउँसो शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्याङमा दुर्घटना भएको हो ।
मृत्यु हुने मध्ये ३ जनाको मात्र सनाखत भएको छ । उनीहरुमा बादी गाउँपालिका वडा नम्बर ५ नर्जाका ४५ वर्षकी लक्ष्मी न्यौपाने, बादी गाउँपालिकाकै रालुकाकी कविता तामाङ र विदुर नगरपालिका वडा नम्बर ९ की सचि बोगटी रहेका छन् । दुर्घटनामा घाइते ३० जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरुको काठमाडौंका टिचिङ, ग्रीनसिटी र ग्रान्डीमा उपचार भइरहेको छ ।
बस सडकबाट खसेर घरमाथि बजारिएको थियो । बस खसेपछि घर पनि पूर्ण रुपमा क्षति भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले घटना बारे थप अनुसन्धान भैरहेको जानकारी दिए ।





























प्रतिक्रिया