काठमाडौं, भदौ, २४
उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भूकम्पपछि बन्द भएको नेपाल–चीन तातोपानी सीमा नाका सुचारु गर्ने सहमति भएको बताएका छन् । "/>

तातोपानी नाका सुचारु गर्ने सहमति

तातोपानी नाका सुचारु गर्ने सहमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, भदौ, २४
उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भूकम्पपछि बन्द भएको नेपाल–चीन तातोपानी सीमा नाका सुचारु गर्ने सहमति भएको बताएका छन् ।

चीनको फरेन अफेयर्स युनिभर्सिटीमा शुक्रबार सम्बोधन गर्दै महराले दुवै देशको नेतृत्वबीच तातोपानी झाङमु सीमा नाका सुचारु गर्ने, स्तरोन्नति गर्ने तथा सुधार गर्ने सहमति भएको बताएका हुन् । ‘यसले हाम्रो ऐतिहासिक साझेदारीको महत्व स्थापित गर्नेछ’ महराले चिनियाँ प्राध्यापक तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ तथा विद्यार्थी माझ भने । महराले ‘हिमालय सीमापार विकासका लागि नेपाल चीन साझेदारी’ विषयमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए । उनले नेपालका प्रमुख सहरहरूसँग उत्तरी छिमेकी चीनको सीमानासम्म रेलवे लिंक निर्माण गर्न नेपालले चाहेको पनि बताए ।
नयाँपत्रिकाबाट

Logo