काठमाडौं , २२ , भदौ
सरकारले गत भदौ ९ गते देखि वाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनका लागि इम्बोस्ड नम्बर प्लेट राख्न शुरु गरेको थियो । तर अहिले यसमा विवाद आएको छ । संसदको विकास समितिले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान बापत लिइने शुल्क पारदर्शी नभएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग ७ दिन भित्र लिखित जवाफ मागेको छ । समितिको बुधबार बसेको बैठकले इम्बोस्ड नम्बर छनोट प्रक्रिया समेत ठीक नभएको भन्दै त्यसबारे समेत स्पष्ट प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।
कान्तिपुरबाट





























प्रतिक्रिया