विर्तामोड , २१ भदौ
कृषिमा सर्वसाधारण विकर्षित हुँदै गएको अवस्थामा झापाका एक जना किसान कागती, फलफूल र विभिन्न प्रजातिका बिरुवा बेचेरै करोडपति बनेका छन् । उनी हुन् झापाको मेचीनगर नगरपालिका -९ मागुरमाडीका किसान डिल्ली उप्रेती । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्किएका उप्रेतीले आफ्नो डेढ बिघा जमिन मध्ये एक बिघामा लगाएको कागती, फलफूल तथा विभिन्न प्रजातिका रुखका बिरुवा बेचेरै करोडपति बनेका हुन् । उनले वार्षिक २० लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्न थालेका छन् । ०६९ सालबाट कागती खेती सुरु गरेका उप्रेतीले अहिले वार्षिक करिब ६ लाख रुपैयाँको कागतीका दाना बेच्ने गरेका छन्।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया