पाल्पा, २१ भदौ
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले पाल्पाको चिनारी पाल्पाली ढाका, करुवा र अदुवाको व्यापार अन्तरराष्ट्रिय स्तर सम्म पु¥याउने बताएकी छिन् ।
मंगलबार पाल्पा उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष राणाले ढाका कपडा, करुवा र अदुवाको व्यापार अन्तर्राष्ट्रिय स्तर सम्म पु¥याउन सके मुलुकमा आर्थिक सम्मृद्धि विकास हुने बताइन् । नेपालमा उत्पादित वस्तु भारत र चीन सम्म निर्यातका लागि उद्योग वाणिज्य संघले पहल गरिरहेको उनको भनाई थियो । अध्यक्ष राणाले मुलुकमा अहिले राजनीतिक वातावरण राम्रो बन्दै गएको बताउँदै स्थानीय निकायसँग समन्वय गरी उद्योग वाणिज्य संघले देशभरि नै उद्योगी व्यवसायीका हितमा रहेर काम गर्न लागेको समेत बताइन ।
स्वर्ण महोत्सवको अवसरमा उनले स्थापना कालदेखि हाल सम्म पाल्पा उद्योग वाणिज्य संघमा आबद्ध रहेर महत्वपूर्ण योगदान पु¥याउनु हुने संस्थाका १०० भन्दा बढी पूर्व तथा वर्तमान पदाधिकारीलाई सम्मान गरेकी थिइन । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष चन्डीराज ढकालले संघले उद्योगी र व्यवसायीको हक हितमा रहेर काम गर्दै आइरहेको बताए । रासस





























प्रतिक्रिया