काठमाडौं, २१, भदौ

उखानमा भन्ने गरिन्छ, नेपालमा सियो त बन्दैन अरु के बन्छ र ? तर अवसर पाए भने नेपाली इञ्जिनियरहरु पनि सक्षम छन् भन्ने उदाहरण दिदै नेपालमै अपांगमैत्री विद्युतिय ह्विल चियरको निर्माण गरिएको छ । "/>

नेपालमै बन्यो अपांगमैत्री विद्युतिय ह्विलचियर

नेपालमै बन्यो अपांगमैत्री विद्युतिय ह्विलचियर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २१, भदौ

उखानमा भन्ने गरिन्छ, नेपालमा सियो त बन्दैन अरु के बन्छ र ? तर अवसर पाए भने नेपाली इञ्जिनियरहरु पनि सक्षम छन् भन्ने उदाहरण दिदै नेपालमै अपांगमैत्री विद्युतिय ह्विल चियरको निर्माण गरिएको छ । अपांगता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौ र ईन्फिनिटि ल्याबको संयुक्त प्रयासमा नेपालमा नै पहिलो पटक उत्पादन भएको विद्यूतिय ह्विल चियरको हालै सार्वजनिक गरिएको छ ।

नेपालमै पहिलो पटक पाँच जना इन्जिनियरहरुले ‘विद्यूतिय ह्विलचियर’ निर्माण गरेका हुन् । ह्विलचियरको नाम उनीहरुले लियोपार्ड राखेका छन् । ‘इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ’ विषय पढेका विद्यार्थीहरुले करिब दुई वर्ष लगाएर स्मार्ट ह्विलचियर निर्माण गरेको बताएका छन् । नेपालमै, नेपालकै लागि भनेर बनाईएको अपांगमैत्री ह्विलचियर सात लाख रुपैयाँ लागतमा बनेको उनीहरुले बताए । यसमा उनीहरुले आफ्नो श्रमको मूल्य भने जोडेका छैनन् । ह्विलचियर प्रयोगमा आए विदेशबाट मंहगो मूल्यमा ह्विलचियर मगाउनु पर्ने बाध्यता हट्ने छ । ह्विलचियर व्यवसायिक रुपमा बने एउटालाई ३ लाख रुपैयाँ सम्ममा बेच्न सकिने ईन्जिनियर सुनिल परियारले जानकारी दिए ।
यो ह्विलचियर नेपाली माटो र नेपाली बाटो सुहाउँदो भएको सम्बद्ध ईन्जिनियरहरुले दाबी गरेका छन् । अब यसलाई व्यवसायिक रुपमा निर्माण गर्नका लागि लगानी गर्ने व्यक्ति र संस्थाहरुको सहयोग खाँचो रहेको उनीहरुको भनाई छ । सीआइएलका अध्यक्ष गणेश केसीले विद्यूतिय ह्विलचियर बनाउन सहकार्य गर्न पाँउदा खुसी लागेको बताउदै यसको व्यवसायिकरणको लागि सरकारले पहल गर्नुपर्ने अवश्यकता औल्याएका छन् ।

नेपालमा चलनचल्तिमा रहेको ह्विलचेयरको तुलनामा यो फरक रहेको छ । यो स्मार्ट इलेक्ट्रिक ह्विलचियर २ देखि ३ घण्टामा चार्ज हुन्छ । एकपटक पूरा चार्ज भइसके पछि यो २० देखि २५ किलोमिटर गुड्न सक्ने ईन्जिनियर सन्तोष न्यौपानेले जानकारी दिए । ह्विल चियरमा प्रयोगकर्ताहरुको सुविधालाई ध्यानमा राखि व्यक्तिगत सामग्री राख्न पछाडि पट्टी सानो झोलाको पनि व्यवस्था गरिएको छ । झोलामा औषधी, औजार तथा अन्य सामग्री सजिलै राख्न सकिन्छ । ह्विल चियरको बाँयापट्टी छेउमा पानीको बोतल राख्ने स्ट्यान्ट छ भने अगाडी २० देखि २५ केजी तौलको सामान राख्न मिल्ने डिजाइन गरिएको छ । पिसाब फेर्नका लागि थैलीको समेत व्यवस्था गरिएको छ । ह्विल चियरमा जीपीएस सिस्टम जडान गरिएको छ । जसका माध्यमबाट आफ्ना नजिकका मान्छेलाई सम्पर्क गर्न सजिलो हुन्छ ।  अहिले निर्माण गरिएको ह्विलचियर हातले चलाउन सकिन्छ । तर पछि विस्तार गरेर मुख, चिउँडो, आँखाको माध्यमबाट पनि चलाउन सकिने गरि निर्माण गरिने ईन्जिनियरहरुले बताएका छन् । यो ह्विलचियर उकालोमा पनि चढ्न सक्छ । अन्य सामान्य ह्विलचियरहरुमा लामो समय सम्म बस्ने मानिसहरुको ढाडमा समस्या आउन सक्छ । तर यसमा राम्रोसँग हावा छिर्ने गरि बनाईएकाले प्रयोग गर्दा ढाडमा समस्या नहुने बिशेषता रहेको ईन्जिनियर सुनिल परियारले जानकारी दिए ।

युवाहरुको प्रयास निकै प्रशंसनिय रहेको अर्थ राज्यमन्त्री उदय शमशेर राणाले बताए । युवा इञ्जिनियरहरुको यस्तो कामको प्रसंसा गर्दै ह्विलचियरको प्रवद्धनको लागि आउँदा दिनहरुमा आफुले सकेको सहयोग गर्ने उनको भनाई छ । आफ्नो मन्त्रालयबाट ईन्फिनिटि ल्याब र युवा ईन्जिनियरहरुलाई गर्न सकिने सबै सहयोग गर्ने उनको प्रतिबद्धता छ । युवा ईन्जिनियरहरुको कामको प्रसंसा गर्दै विद्यूतिय ह्विलचियरको स्थायीत्वको लागि आफुले सकेको सहयोग गर्ने उनले बताए । ईन्फिनिटि ल्याबका युवा ईन्जिनियर सुनिल परियार, सन्तोषराज न्यौपाने, मेन्सन लाखेमरु, भरत केसी र प्रजेश श्रेष्ठ मिलेर ह्विलचियर बनाएका हुन् । उनीहरुलाई अपांगता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौंले सघाएको थियो ।

Logo