काठमाडौं, २१, भदौ
स्थानीय तहको संख्या पटक- पटक हेरफेर हुँदै हाल देशभरि ७ सय ५३ कायम भएको छ । अब ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिकाका कायम भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको पछिल्लो विवरण सार्वजनिक गरेको हो । जसअनुसार देशभरको स्थानीय तहको वडा संख्या कुल ६ हजार ७ सय ४३ छ ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा लेखनाथ महानगरपालिका, भरतपुर महानगरपालिका, वीरगन्ज महानगरपालिका र विराटनगर महानगरपालिका गरि ६ वटा महानगर कायम भएका छन् । नगरपालिका र गाउँपालिकालाई अलग -अलग गर्ने हो भने अब देशभरि २ सय ९३ नगरपालिका र ४ सय ६० गाउँपालिका कायम भएको छ । स्थानीय तहको संख्या थप भएर ७ सय ५३ पुगेकाले अब देशभरिबाट स्थानीय तहको निर्वाचनबाट ३७ हजार २० जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । उनीहरूले संविधानको व्यवस्था अनुसार पाँच वर्षसम्म जिम्मेवारीमा रहेर काम गर्नेछन् ।
राजधानीबाट































प्रतिक्रिया