काठमाडौं, २१, भदौ
सत्यनिरुपण तथा मेलमिलाप आयोगको समय थप गर्ने तयारी हुदै छ ।

थपिएको एकवर्षे अवधि सकिन पाँच महिना बाँकी छँदा सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) को अवधि अनिश्चितकाल सम्म बढाउन गृहकार्य भइरहेको बुझिएको छ। "/>

सत्यनिरुपण तथा मेलमिलाप आयोगको म्याद थप्ने तयारी

सत्यनिरुपण तथा मेलमिलाप आयोगको म्याद थप्ने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २१, भदौ
सत्यनिरुपण तथा मेलमिलाप आयोगको समय थप गर्ने तयारी हुदै छ ।

थपिएको एकवर्षे अवधि सकिन पाँच महिना बाँकी छँदा सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) को अवधि अनिश्चितकाल सम्म बढाउन गृहकार्य भइरहेको बुझिएको छ।
सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनमा संशोधन गरी थपिएको एकवर्षे म्याद आगामी २६ माघमा समाप्त हुँदै छ। आयोगको म्याद बढाउन ऐनमा अवधि किटान नगरी सरकारले सूचना मार्फत आवश्यकता अनुसार समय बढाउन सक्ने गरी व्यवस्था गर्न लागिएको छ। गएको माघ २७ गतेको निर्णय अनुसार सरकारले आयोगको म्याद थप एक वर्ष बढाएको थियो । उजुरीको चाप अनुरूप थपिएको अवधिमा पनि सबै घटनाको अनुसन्धान गर्न भने कठिन देखिएको छ।

यसका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत दलको सहमति जुटाउने प्रयत्न भइरहेको छ। ०५२ साल फागुन १ गते देखि बृहत् शान्ति सम्झौता भएको मिति ०६३ साल मंसिर ५ गते सम्मका घटनाको क्षति र कसुर स्थापित भएपछि अपराधको मात्रा अनुसार कारबाहीका लागि सरकार समक्ष सिफारिस गरिनेछ। आयोगले ऐनअनुसार पीडितको सहमति लिएर कतिपय घटनामा मेलमिलाप समेत गराउन सक्नेछ। हाल आयोगमा ६२ हजार उजुरीहरु दर्ता भइसकेका छन् । यो संख्या थपिने क्रममा रहेको बताइएको छ ।
अन्नपूर्णपोष्टबाट

Logo