काठमाडौं, १९ भदौ
तेस्रो चरणमा प्रदेश २ को असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगाउन बसेको बैठक टुंगोमा पुग्न नसकेपछि कार्यकर्ताको दबाब छल्न नेपाली कांग्रेसले बैठक स्थल नै परिवर्तन गर्न थालेको छ । टिकट टुंगो लगाउन भन्दै एक सातादेखि बसेको बैठक स्थलमा नेता तथा कार्यकर्ताको भीडले चाडो टुंग्याउन दबाब दिएपछि टिकटको अन्तिम टुंगोको जिम्मेवारी पाएका नेताहरू बैठक स्थल परिवर्तन रणनीतिमा जुटेका छन् । पार्टी केन्द्रीय कार्यालयमा उम्मेदवारको टुंगो लगाउन भन्दै प्रदेश २ का केन्द्रीय सदस्यदेखि क्षेत्रीय सभापति र उम्मेदवारका आकांक्षीसम्मलाई राखेर बैठक गरिए पनि सहमति जुट्न सकेको छैन ।
प्रतिस्पर्धी दलले उम्मेदवार टुंगो लगाएको भन्दै कांग्रेस नेतृत्वमा चर्को दबाब परेपछि दबाब छल्न आइतबारसम्म धेरैपटक बैठकस्थल परिवर्तन भएका छन् । एक साताभित्र उम्मेदवार छनोट सक्न भन्दै बसेको बैठक पार्टी कार्यालय देखि टोखास्थित महामन्त्री शशांक कोइराला निवास हुँदै सानेपामा रहेको मोक्ष रेस्टुरेन्टसम्म पुगेको हो । कांग्रेस स्रोतका अनुसार बैठक स्थलमा नेता तथा कार्यकर्ता र आकांक्षी उम्मेदवारहरूको भीड लाग्न थालेपछि नेताहरू बैठक स्थल नै परिवर्तन गर्न बाध्य भएका हुन् ।
राजधानीबाट





























प्रतिक्रिया