भाद्र १८,काठमाडौं
मुलुकमा रूघाखोकीको समस्याबाट ग्रस्त बिरामी मध्ये इन्फ्लुएन्जा ए (एच १ एन १) परीक्षण गराउनेमा करिब आधा जतिमा स्वाइन फ्लुको संक्रमण भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अगस्ट महिनामा संकलन गरिएको शंकास्पद इन्फ्लुएन्जा ए (एच १ एन १ ) का नमुना मध्ये आधा जतिमा स्वाइन फ्लु देखिएको हो । प्रयोगशालामा पछिल्लो ३० दिनमा रुघाखोकीका विरामीको एक हजार ३७ नमुना संकलन गरिएको मध्ये ४ सय ८५ जनामा स्वाइन फ्लु देखिएको हो । यो कुल नमुनाको ४७ प्रतिशत हुन्छ । उक्त नमुनामै १९ जनामा इन्फलुएन्जा ए .एच ३ . र एक जनामा इन्फुएन्जा ‘बी’ समेत देखिएको थियो ।
कान्तिपुरबाट





























प्रतिक्रिया