धेरै खेलेको निहुँमा लिंग चट

धेरै खेलेको निहुँमा लिंग चट

केन्द्रबिन्दु
0
Shares

सियोल, १६ भदौ । घरमा समय नदिएर अत्याधिक मात्रामा गल्फ खेलमा समय विताउन थालेपछि श्रीमतीले श्रीमान्को लिंग काटिदिएकी छिन् ।

५० बर्षिया श्रीमतीले सुतेको बेला भान्छाको चक्कु प्रयोग गरेर श्रीमान्को लिंग काटेकी थिइन् । लिंग काट्ने बित्तिकै उनले ट्वाइलेटको कमोडमा फ्याँकेर फ्लस गरेकी थिइन् ।

छिमेकीका अनुसार उनीहरु विच राम्रै सम्बन्ध भएपनि श्रीमतीले किन यस्तो काम गरिन् भन्ने कौतुहलता रहेको छ । श्रीमतीले भने आफुलाई घर खर्च नदिने, अधिकांश समय गल्फमा विताउने हुनाले रिसको झोकमा गरेका बताईन् । श्रीमान्लाई स्थानिय अस्पतालमा लगेर उपचार भैरहेको छ । (एजेन्सी)

Logo