भदौ ९ , काठमाडौं

साउन भित्रै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने दाबी गरे पनि कांग्रेसले प्रदेश नम्बर २ मा अझै उम्मेदवार चयन गर्न सकेको छैन । "/>

तेस्रो चरणको चुनावमा दलहरुका आआफ्नै तयारी

तेस्रो चरणको चुनावमा दलहरुका आआफ्नै तयारी

केन्द्रबिन्दु
0
Shares

भदौ ९ , काठमाडौं

साउन भित्रै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने दाबी गरे पनि कांग्रेसले प्रदेश नम्बर २ मा अझै उम्मेदवार चयन गर्न सकेको छैन । पहिलो र दोस्रो चरणको निर्वाचनमा बेहोरेको हार बारे समीक्षा गर्दै कांग्रेसले तेस्रो चरणको निर्वाचनका लागि साउनभित्रै उम्मेदवार टुंग्याउने बताउँदै आएको थियो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पाँचदिने भारत भ्रमणमा रहेका वेला दोस्रो तहका नेताहरू दिनहुँ उम्मेदवारको टुंगो लगाउन बसे पनि निष्कर्षमा पुगेका छैनन् । सभापति भारतबाट फर्किएपछि मात्रै कांग्रेसले उम्मेदवार टुंगो लगाउने संकेत दिएको छ ।

यता एमालेले भने प्रदेश नं. २ का दुईतिहाइ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । वैकल्पिक पोलिटब्युरो सदस्य शत्रुधन महतोका अनुसार २ असोजमा हुने स्थानीय निर्वाचनका लागि धनुषा बाहेक सात जिल्लामा पार्टीले उम्मेदवार टुंग्याएको छ । स्थायी समितिको निर्देशन अनुसार बाँकी उम्मेदवार १२ गते भित्र प्रदेश संगठन कमिटीको बैठकबाट टुंगो लगाइने महतोले बताए । ‘अहिले सम्म ८० भन्दा बढी स्थानीय तहमा उम्मेदवारको टुंगो लागिसकेको छ, बाँकी उम्मेदवार पनि निर्देशन अनुसार १२ गते भित्र टुंग्याइसक्छौँ,’ उनले भने । त्यस्तै माओवादी केन्द्रले प्रदेश नम्बर २ का स्थानीय तहका उम्मेदवार अर्को हप्ता सम्म टुंग्याउने भएको छ । उम्मेदवार चयन गरेर मैदानमा होमिने माओवादी केन्द्र प्रदेश नम्बर २ का इन्चार्ज मात्रिका यादवले बताए । ‘प्रदेश नम्बर २ का १ सय ३६ तहमध्ये करिब ६० प्रतिशत उम्मेदवारको टुंगो लागिसकेको छ,’ यादवले भने, ‘अब ४० प्रतिशत उम्मेदवारको टुंगो लगाउन बाँकी छ, अर्को हप्ताभित्र सबै उम्मेदवारको टुंगो लगाइ सक्छौँ ।’ तेस्रो चरणको चुनावमा राजपाले पनि भाग लिने बताएको छ ।

नयाँपत्रिकाबाट

Logo