४४ प्रजिअ सरुवा

४४ प्रजिअ सरुवा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौँ, ८ भदौ ।

गृह मन्त्रालयले ४४ प्रजिअको सरुवा गरेको छ । मन्त्रालयले १३ राजपत्राङ्कित प्रथम तह (सहसचिव) र ३१ द्वितीय तह (उपसचिव) का कर्मचारीको आज सरुवा गरेको हो ।

यसअनुसार सहसचिव चक्रबहादुर बुढा मकवानपुर, आशमान तामाङ सिन्धुपाल्चोक, सीताराम कार्की सुर्खेत, नारायणप्रसाद भट्टराई बर्दिया, महादेव पन्थ ललितपुर, विष्णु पोखरेल इलाम र विष्णुबहादुर थापा बागलुङमा प्रजिअका रूपमा सरुवा भएका छन् ।

उपसचिवबाट विष्णु पौडेल जुम्लाको सिडियो बनेका छन् भने दिलीप लामिछाने रामेछापको सिडिओ, विश्वराज न्यौपाने दैलेखको सिडिओ बद्रीनाथ गैरै कालिकोटको सिडिओ बनेका छन् ।

यस्तै सिद्धराज जोशी, चेतराज बराल भोजपुरको सिडिओ, लक्ष्मीदेबी हुमागाँईँ पाँचथरको सिडिओ , हरि पन्त मनाङको सिडिओ, पुष्पराज शाही जाजरकोटको सिडिओ र एकदेब अधिकारी खोटाङको सिडिओ बनेका छन् । उपसचिवबाट केही कर्मचारीलाई सहायक प्रजिअको जिम्मेवारी पनि दिइएको छ ।

यस्तै चन्द्रमान श्रेष्ठलाई उदयपुर, हरिशरण पुडासैनीलाई गृहमन्त्रालयअन्तर्गत व्यवस्थापन महाशाखा, मदन भुजेललाई कपिलवस्तु, विष्णुप्रसाद ढकाललाई प्रहरी किताबखाना र नारायणप्रसाद दुवाडीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । 

Logo