काठमाडौं ८ भदौ
उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । "/>

उपराष्ट्रपतिको तीजको शुभकामना

उपराष्ट्रपतिको तीजको शुभकामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ८ भदौ
उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

हरितालिका तीजका अवसरमा शुभकामना सन्देश जारी गरी उनले नेपालमा भएका परिवर्तनकारी संघर्षमा महिला दिदीबहिनीले पु¥याउनुभएको योगदानको उच्च सम्मान गर्दै परिवर्तनकारी आन्दोलनबाट प्राप्त उपलब्धि प्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरेका छन् । नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्व सामु परिचित गराउन नेपाली महिलाको ठूलो योगदान रहेको उनको सन्देशमा उल्लेख छ । जस्तोसुकै दुःख कष्टमा पनि खुशीका साथ चार्डबाड मनाउने नेपाली परम्परा भएको उल्लेख गर्दै सन्देशमा उनले बाढी, डुबान तथा पहिरोबाट घरबारविहीन भएका र विनाशकारी भूकम्पका कारण अझै पनि अस्थायी टहरोमै रहेका दिदीबहिनीले पनि सबै दुःख बिर्सेर हर्षका साथ हरितालिका तीज मनाउने विश्वास व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस्, तीज सिर्जनशील र उल्लासमय रहोस् भनी कामना समेत गरेका छन् । रासस

Logo