चितवन, ८ भदौ
बाढीले बगाएर घाइते भएको दुर्लभ एकसिंगे गैँडाको उपचारकै क्रममा हिजो मृत्यु भएको छ ।

बाढीले बगाएर पूर्वी चितवनको कुमरोज सामुदायिक वनमा ल्याइ पु¥याइएको घाइते गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । "/>

बाढीले घाइते एकसिंगे गैँडा मर्यो

बाढीले घाइते एकसिंगे गैँडा मर्यो

केन्द्रबिन्दु
0
Shares

चितवन, ८ भदौ
बाढीले बगाएर घाइते भएको दुर्लभ एकसिंगे गैँडाको उपचारकै क्रममा हिजो मृत्यु भएको छ ।

बाढीले बगाएर पूर्वी चितवनको कुमरोज सामुदायिक वनमा ल्याइ पु¥याइएको घाइते गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । उनका अनुसार अघिल्लो हप्ता चितवनको राप्ती नदीमा आएको बाढीले अन्दाजी १६/१७ वर्षको भाले गैँडालाई बगाएर कुमरोज स्थित चितवन राष्ट्रिय निकुञ्जको जनकपुर पोष्ट नजिकै ल्याएको थियो ।

बाढीका कारण गर्धन तथा खुट्टामा गम्भीर चोट लागेको उक्त गैँडाको पशु चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले गैँडालाई बाढीले राप्ती नदीको स्परमा ठोक्याउँदै ल्याएकाले भित्री अंगमा गम्भीर चोट लाग्दा बचाउन नसकिएको बताए । बाढीले बगाएर गैँडा मरेको यो दोस्रो हो । यसअघि बाढी आएकै दिनको भोलिपल्ट निकुञ्जको पश्चिमक्षेत्र अन्तर्गत अमल्टारीमा एउटा गैँडाको मृत्यु भएको थियो । मृग प्रजातिका छ वटा जनावर पनि बाढीले मारेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । रासस

Logo