पाँचथर, ८ भदौ
पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ३ का पहिरोबाट विस्थापित ११४ परिवारलाई बुधबार प्रभावित क्षेत्रमै पुगेर राहत रकम प्रदान गरिएको छ । "/>

पहिरो प्रभावित परिवारलाई राहत

पहिरो प्रभावित परिवारलाई राहत

केन्द्रबिन्दु
0
Shares

पाँचथर, ८ भदौ
पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ३ का पहिरोबाट विस्थापित ११४ परिवारलाई बुधबार प्रभावित क्षेत्रमै पुगेर राहत रकम प्रदान गरिएको छ ।

केन्द्रीय दैवीप्रकोप राहत समितिबाट आएको रकम प्रतिव्यक्ति दुई हजार १ सयका दरले २०२ जना व्यक्तिलाई राहत प्रदान गरिएको जिल्ला दैवीप्रकोप राहत समिति तथा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिएका छन् । यस्तै, जिल्ला दैवीप्रकोप उद्धार समितिका तर्फबाट प्रतिपरिवार ३० केजीको चामलको बोरा, तीन केजी दाल, दुई लिटर तेल, दुई पोका आयोडिन नून गरि दुई लाख ४८ हजार को राहत सामग्री वितरण गरिएको उनले बताए।

यसैगरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले भाँडाबर्तनका सेट, कम्बल दुई, बाल्टी, डोरी, एक केजीका दरले चिउरा, तीन प्याकेट चाउचाउका दरले ११४ परिवारलाई राहत सामग्री वितरण गरिएको शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटाले बताए । यसअघि पनि रेडक्रसले १५ परिवारलाई खाद्यान्न सामग्री र ४८ परिवारलाई त्रिपाल वितरण गरेको थियो । यस्तै, पहिरोमा परेर मृत्यु भएका विष्णुभक्त राईकी नातिनी प्रियाको परिवारलाई दुई लाख र पहिरोले किचेर मृत्यु भएका फालेलुङ गाउँपालिका वडा नं १ का त्रिलोचन विकको परिवारलाई दुई लाख राहत रकम प्रदान गरिसकिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

पहिरोमा परेर बेपत्ता भएका विष्णुभक्त र उनकी छोरी गंगाको भने अहिलेसम्म शव भेट्न सकिएको छैन । पहिरोमा परी त्यस वडाको खोलाघारी, खोलागाउँ, ताङ्लेपा, माङ्लेबुङका विस्थापित परिवार अहिले कोही छिमेकीको घरमा त कोही विद्यालयको प्रांगणमा शरण लिएर बस्न बाध्य छन् । रासस

Skip This
Skip This
Logo