भदौ ७, काठमाडौं
प्रधानमन्त्री देउवा पाँच दिने भारत भ्रमणका क्रममा आज नयाँदिल्लीमा पुगेका छन् ।
आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् । उनले दिल्ली स्थित नेपाली दूताबास पुगेर प्रवासी नेपालीहरुलाई छोटो सम्बोधन गरे । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच आजै भेटवार्ता हुने भएको छ । यसका साथै देउवा र मोदीबीच भोलि हैदराबाद हाउसमा ३० मिनेट वान टु वान भेटवार्ता गर्ने कार्यतालिका छ । लगतै दुई देशको प्रतिनिधिमण्डल बीच एकघन्टा वार्ता हुनेछ र केही सम्झौतामा हस्ताक्षर हुनेछ ।
भारत भ्रमणमा कोसि बाँध, लक्ष्मणपुर बाँध र भारतले सिमा क्षेत्रमा बाँधेका अन्य बाँधका कारण नेपाली भूमि डुवानमा परेको र यसबाट परेको क्षतीबारे छलफल गरिने बताइएको छ । यसर्थ पनि देउवाको भ्रमणलाई चासोका रुपमा लिइएको छ ।
तस्बिर : रासस





























प्रतिक्रिया