पत्रकार महासंघको मतदान सम्पन्न (फोटो फिचर)

पत्रकार महासंघको मतदान सम्पन्न (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ५ भदौ । नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सोमवार बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ सम्पन्न भएको छ ।


निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले १ हजार ५ सय ८ मतदातामध्ये ४ बजेसम्म भएको मतदानमा कूल १ हजार ४ सय ४९ मत खसेको जानकारी दिए । प्रत्येक प्रदेशको छुट्टाछुट्टै स्थानमा मतदान भएको थियो । ४५ सदस्यीय कार्यसमिति र ३ लेखा समितिसहित ५० सदस्यका लागि मतदान भएको हो ।


महासंघको नयाँ नेतृत्वका लागि अध्यक्षमा गोविन्द आचार्य, तीर्थ कोइराला, उजिर मगर, इन्द्र राउत र भावना विद्रोही प्रतिस्पर्धामा रहेकी छिन् । मतगणना पहिले महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा हुने भनिए पनि पछि नेपाल प्रज्ञा–प्रतिष्ठानमा नै हुने सहमती भएको संयोजक खनालले बताए ।


रासस

Skip This
Skip This
Logo