सिरहा, ५ भदौ ।
हालै आएको बाढीपहिरोले कमला नहर सिँचाइ आयोजनामा करिब १३ करोड मूल्य बराबरको क्षति भएको छ ।

कमला नहर हर्दिनाथ सिँचाइ आयोजना डिभिजन कार्यालय, पोर्ताहाका कार्यालय प्रमुख गौतम ठाकुरका अनुसार कमला नहरको पूर्वी नहर प्रणाली सिरहातर्फ पाँच करोड , कमला नहर पश्चिमी नहर प्रणालीतर्फ सात करोड र हर्दिनाथ सिँचाइ प्रणालीतर्फ एक करोड मूल्य बराबरको संरचना बाढीपहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त भएको छ । "/>

कमला सिँचाइ आयोजनामा तेह्र करोडको क्षति

कमला सिँचाइ आयोजनामा तेह्र करोडको क्षति

केन्द्रबिन्दु
0
Shares

सिरहा, ५ भदौ ।
हालै आएको बाढीपहिरोले कमला नहर सिँचाइ आयोजनामा करिब १३ करोड मूल्य बराबरको क्षति भएको छ ।

कमला नहर हर्दिनाथ सिँचाइ आयोजना डिभिजन कार्यालय, पोर्ताहाका कार्यालय प्रमुख गौतम ठाकुरका अनुसार कमला नहरको पूर्वी नहर प्रणाली सिरहातर्फ पाँच करोड , कमला नहर पश्चिमी नहर प्रणालीतर्फ सात करोड र हर्दिनाथ सिँचाइ प्रणालीतर्फ एक करोड मूल्य बराबरको संरचना बाढीपहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सिरहाको १२ हजार ५ सय हेक्टर जमिन र धनुषाको १२ हजार ५ सय हेक्टर जमिन गरी कूल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याइरहेको सो आयोजना बाढीबाट क्षतिग्रस्त हुँदा सिँचाइमा समस्या पुगेको प्रमुख ठाकुरले बताए ।

विसं २०१७ मा तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले शिलान्यास गर्नुभएको कमला सिँचाइ आयोजना विगत तीन वर्षदेखि पूर्णरुपमा निर्माण भएपछि सिरहा र धनुषाको धान, गहुँ , खेतीमा सिँचाइ सुविधा पु¥याउँदै आएको थियो । कमला नहर र हर्दिनाथ सिँचाइ आयोजनाको नहरको पुरानो तथा नयाँ संरचना भासिएको बाँध तथा केनल पूर्णरुपमा क्षतिग्रस्त भएको नहरका ग्राभेलबाटो टुटफुट भएको र नहर संरचनामा बाढीले तोडफोड गरेकाले त्यसलाई पुनःनिर्माणमा ठूलो रकम खर्च हुने सो कार्यालयका इन्जिनियर अरुण यादवले जानकारी दिए ।

साथै सो नहर क्षतिग्रस्त हुँदा सिरहा एवं धनुषाको धानखेती समेत बालुवा र माटोले पुरिएर नष्ट भएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ । कमला नहरको निर्माणले विगत दुई वर्ष देखि कृषि उत्पादन वृद्धि हुनुका साथै कमला नदीलाई समेत नियत्रण गर्दै आएको शारसर गाउँका रतिस यादवले बताए । गत वर्ष २०७३/०७४ मा कमला नहर सिँचाइका लागि रु १७ करोड र समृद्ध तराई कार्यक्रम तर्फ रु पाँच करोड खर्च गरी सो नहरको संरचनाका साथै सिँचाइका कार्य गरिएको सो कार्यालयले जनाएको छ । रासस

Skip This
Skip This
Logo