भदौ ५ , काठमाडौं
सवारीचालक अनुमतिपत्रका लागि अब आफ्नै सवारी साधनबाट ट्रायल दिन पाइने भएको छ ।
सर्वोच्च अदालतले आफ्नै सवारी साधन मार्फत ट्रायल दिन पाइने अन्तरिम आदेश दिएको हो । काठमाडौंका दीपक पराजुलीले सवारी साधन चलाउन कानुनमा तोकिए बाहेक कुनै पनि शुल्क तिर्नु नपरोस भन्दै हालेको रिटमा सर्वोच्चले अन्तिरिम आदेश दिएको हो ।
आदेशले परिक्षार्थीलाई आफ्नै सवारी प्रयोग गर्ने बाटो खुलाइदिएको छ । यस अघि परिक्षार्थीले विभागले तोकेको सिमीत सवारी साधनबाट मात्रै ट्रायल परिक्षा दिनु पर्ने बाध्यता थियो । सो बापत परिक्षार्थीले भाडा तिर्दै आएका थिए । अब सो अवस्था नरहेको बताइए पनि यातायात व्यवस्था विभागमा त्यसको आधिकारिकपत्र भने नपुगेको विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । पत्र आएपछि अदातलको आदेश अनुशार नै काम गर्ने उनको भनाई छ ।
नागरिक दैनिकबाट





























प्रतिक्रिया