काठमाडौं, ३ भदौ । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफूले उत्तर कोरियाका नेता किम जोङ–उनसँग भेटवार्ता गरेर परमाणु आक्रमण भन्दा वार्ता र शान्तिमा जोड दिन आग्रह गरेको बताएका छन् ।
एसियाली देशका सांसदहरुको सम्मेलनमा सहभागी हुन उत्तर कोरिया गएका बेला किमसँग भेट भएको नेता नेपालले बताए । भेटमा कोरियाली प्रायद्विपमा बढ्दै गएको तनाव अन्त्यका लागि वार्ता र शान्तिको बाटो अपनाउन आफूले सुझाव दिएको नेता नेपालको भनाई थियो । उत्तर कोरियाबाट फर्कने क्रममा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता नेपालले नेपाल पनि शान्तिको पक्षमा रहेको बताएको जानकारी दिए ।































प्रतिक्रिया