काठमाडौं ३, भदौ । नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासंघले २५औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन भदौ ३ गते विहान १० बजे, मतदाता नामावली उपर दावी विरोध भदौ ३ गते विहान १० बजेदेखि १२ बजेसम्मको समय छ । कार्यतालिकामा उम्मेद्वारी मनोनयन दर्ता भदौ ४ गते विहान १२ बजेदेखि अपरान्ह ३ बजेसम्म, उम्मेदवारको नामवली प्रकाशन भदौ ४ गते ३ : ४५ बजे, उम्मेदवार उपरको दावी विरोध र उम्मेदारी फिर्ता भदौ ४ गते ३ :३४ देखि ४ : ४५ बजेसम्म, उम्मेदावरको अन्तिम नामावली प्रकाशन भदौ ४ गते बेलुका ५ बजेसम्म छ ।

मतदान भदौ ५ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म तथा मतगणना भदौ ५ गते मतदान सम्पन्न भएपछि हुने कार्यसूचि छ । नयाँ नेतृत्वका लागि प्रेस युनियन र प्रेस सेन्टरबाट गोविन्द आर्चायको प्यानल, प्रेस चौतारीबाट तिर्थ कोइराला र स्वतन्त्रबाट उजिर मगर मैदानमा छन् ।
महाधिवेशन भदौ ४ गतेदेखि शुरु हुँदैछ ।































प्रतिक्रिया