विराटनगर विमानस्थल शनिबारदेखि सुचारु हुने

विराटनगर विमानस्थल शनिबारदेखि सुचारु हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २ भदौ । बाढीका कारण एक सातादेखि अवरुद्ध विराटनगर विमानस्थल शनिबारदेखि सुचारु हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण विराटनगरको शुक्रबार बिहान बसेको  बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौंबाट गएको सेनाको स्पेसल टाक्स फोर्स, इटहरी, हिले र विराटनगर विमानस्थलमा रहेको सेनाको टोलीले रनवेमा भएको माटोको लेदो सफा गरेपछि विमानस्थल सुचारु हुने भएको हो। विमानस्थलको रनवे, ट्याक्सीवे, टर्मिनल भवन र सुरक्षा निकायको ब्यारेकमा तीनदेखि चार फिटसम्म पानी जमेको थियो । 

यो विमानस्थल काठमाडौँ पछि सबैभन्दा बढी ब्यस्त रहने विमानस्थल हो । यसैबीच हास्यकलाकार सिताराम कट्टेल धुर्मुसले विमानस्थलको हिलो पन्छाएका छन् । कलाकार कट्टेलले नेपाली सेनासंग मिलेर करिब आधा घण्टालो पन्छाएका हुन् ।

Logo