काठमाडौँ, ३० साउन । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

पशुपतिमा बिहानैदेखि भक्तजनको भीड

पशुपतिमा बिहानैदेखि भक्तजनको भीड

केन्द्रबिन्दु
३० श्रावण २०७४, सोमबार
0
Shares

काठमाडौँ, ३० साउन । साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ । 

बिहान दुई बजेदेखि जम्मा भएका भक्तजनका लागि ३ः३० बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

साउन महिनाको अन्तिम सोमबार भएकाले अघिल्ला सोमबारभन्दा भक्तजनको भीड बढी रहेको कोषका निर्देशक एवं पशुपति मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले जानकारी दिनुभयो । 

पशुपति मन्दिरमा ३९० र वासुकी मन्दिरमा ११० जनाले विशेष पूजाका लागि रसिद काटेको उहाँले जानकारी दिनुभयो । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहान पशुपतिको दर्शन गर्नुभएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीेले अपराह्न ४ः३० बजे दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ । 

मध्याह्नसम्म पशुपतिमा दुई लाख भक्तजनले दर्शन गरिसकेका छन् । आज साउनको अन्तिम सोमबारसँगै श्रीकृष्ण जन्माष्टमी पनि परेकाले भक्तजनको भीड उल्लेख्य छ । विशेषगरी महिला भक्तजनको उपस्थिति रहेको छ । साउनको सोमबार विवाहित महिलाले व्रत बसी शिवालयमा पूजा गरी जल चढाएमा अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । 

अविवाहित महिलाले व्रत गरे सोचेअनुरुपको वर प्राप्त हुने विश्वास पनि छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम भने व्रत महिला पुरुष दुवैले लिनुपर्ने बताउनुहुन्छ । 

साउन महिनाको सोमबार व्रत बसेका व्रतालुले अन्तिम सोमबार आज गोदान र पूर्णपात्र गरी व्रत समापन गर्छन् । साउनको अन्तिम सोमबार उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, हनुमानढोकास्थित मक्खनको सानो पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । रासस   

प्रतिक्रिया

भर्खर

मलेसियाविरुद्ध कुशल भुर्तेलको सानदार शतक

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

कानुन बने पनि विभेद र हिंसाको अवशेष बाँकी छ – मन्त्री वादी

कोशी प्रदेश सरकार माग्यो मतहतका निकायका कर्मचारी र पदाधिकारीको सम्पत्ति विवरण

अलराउण्डर खेलाडीमा ललित राजवंशीको छलाङ

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu