चितवन, ९ साउन । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

नारायणगढ–मुग्लिन सडक खण्डमा रातमा पनि काम

नारायणगढ–मुग्लिन सडक खण्डमा रातमा पनि काम

केन्द्रबिन्दु
९ श्रावण २०७४, सोमबार
0
Shares

चितवन, ९ साउन । नारायणगढ–मुग्लिन सडक खण्डमा रातको समयमा समेत भित्तो काट्ने काम तीव्र गतिमा अगाडि बढाइएको छ । 

उक्त सडक खण्डको घुमाउने र चेपाङ डाँडामा रातको समयमा हेलोजिन बत्ती बालेर सडकको भित्तो काट्न थालिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार राति ९ बजेदेखि बिहान ४ बजेसम्म काम गर्न थालिएको हो । 

नारायणगढबाट २२ किलोमिटरको दुरीमा रहेको घुमाउनेको पूरै पहाड हटाउनुपर्ने हुन्छ । दुईवटा एक्साभेटर र दुईवटा लोडर राखेर कामलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । दुई सय मिटर लम्बाइ र ४४ मिटर अग्लो पहाड भएको सो ठाउँमा करिब ६ मिटर मात्रै फराकिलो छ । 

सडकलाई १८ मिटर फराकिलो बनाइँदैछ । उक्त ठाउँमा करिब ३५ प्रतिशत काम बाँकी रहेको खनालले बताउनुभयो । रातमा सवारी साधन आवागमन बन्द गरेपछि असार २७ गतेबाट सो ठाउँमा रातिमा बत्ती बालेर काम थालिएको हो । तीन दिनयताबाट चेपाङ डाँडामा पनि रातिमा काम थालिएको छ । 
नारायणगढबाट ३३.८ किलोमिटर मुग्लिनतर्फ चेपाङ डाँडो पर्दछ । सो ठाउँमा केन्टिलिभर राखिने भएपछि ३३ मिटर अग्लो ठाउँबाट पहाड काट्न थालिएको छ । सो ठाउँमा सडक पाँच मिटर फराकिलो रहेको छ । 

चेपाङ डाँडामा १५० मिटर लामो क्षेत्रमा पहाड काट्नुपर्ने हुन्छ । उक्त ठाउँमा ७० प्रतिशत काम गर्न बाँकी छ । ठाउँ सानो भएकाले सो ठाउँमा माथि एउटा ब्रेकर र तल सडकमा एउटा लोडर प्रयोग गरिएको छ । काममा ढिलो भएपछि चौतर्फी दबाबसँगै ठेकेदार कम्पनीले रातको समयमा दासढुंगा क्षेत्रमा ग्राभेलिङ गरेर सम्याउने काम थालेको छ । 

हाल कालोपत्र गर्न तयारी थालिएको छ । सडकको ५.५ किलोमिटर क्षेत्रमा एक तहको कालोपत्र भएको भए पनि अन्य क्षेत्रमा काम हुनसकेको छैन । सडकको आठ सय मिटर क्षेत्रमा भित्तो काट्नुपर्ने काम बाँकी रहेको छ । सो सडक हालसम्म करिब ५२ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । रासस 

 
 
 
 
 
 
 
 

प्रतिक्रिया

भर्खर

गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु

मुजफ्फरपुरको अस्पतालमा आगलागी, कम्तीमा तीन जनाको मृत्यु

रोल्पामा जीप दुर्घटना, तीन जनाको ज्यान गयो

अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि

आज सुन र चाँदीको मुल्य घट्यो

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu