बनेपा, १२ असार । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

बनेपावासी धमिलो र लेदोयुक्त पानी पिउन बाध्य

बनेपावासी धमिलो र लेदोयुक्त पानी पिउन बाध्य

केन्द्रबिन्दु
१२ असार २०७४, सोमबार
0
Shares

 

बनेपा, १२ असार । वर्षायाम सुरुवातसँगै काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकाका उपभोक्ताले धमिलो र लेदोयुक्त खानेपानी पिउन बाध्य भएका छन् ।

खानेपानीको चरम सङ्कट रहेको बनेपा र पनौती नगरपालिकामा वर्षौंदेखि खानेपानी संस्थानले वर्षाको समयमा धमिलो र लेदोयुक्त खानेपानी वितरण गर्दा मानव स्वास्थ्यमा समेत नकारात्मक असर परेको छ ।

खानेपानी संस्थान बनेपा शाखाका प्रमुख बुद्धरत्न महर्जनले खानेपानी छान्ने फिल्टर नभएका कारण धमिलो खानेपानी वितरण भएको उल्लेख गर्दै काभ्रे उपत्यका खानेपानी परियोजना पूरा भएपछि मात्रै गुणस्तरीय खानेपानी वितरण हुन सक्ने बताए ।

उनले फिल्टर नभएका कारण वर्षायाममा सिधै खानेपानी उपभोक्तासमक्ष वितरण गरेको जानकारी दिँदै अझै केही वर्ष यो समस्याको समाधान नहुने बताए ।

बनेपा र पनौती नगरपालिकामा अहिले खानेपानी संस्थानबाट करिब दुई लाख लिटर खानेपानी बितरण हुँदै आएको छ । काभ्रे उपत्यका एकीकृत खानेपानी निर्देशक समितिका संयोजक अशोक ब्याञ्जुले एकीकृत खानेपानी परियोजनाको ६४ प्रतिशत काम पूरा भएको जानकारी दिँदै आगामी डिसेम्बरसम्ममा खानेपानी परियोजनाको काम सम्पन्न हुने दाबी गर्नुभयो ।

उनले परियोजना सकिएपछि बनेपा, पनौती र धुलिखेल नगरपालिकाका १० हजार उपभोक्ताको घर घरमा गुणस्तरीय खानेपानी उपलब्ध गराउने उल्लेख गर्दै तीन वर्षदेखि निर्माण कार्य जारीे रहेको बताए । सो परियोजनाको लागत रु ९४ करोड छ ।

बनेपा नगरपालिका–८ का बुद्धरत्न सुवालले खानेपानी संस्थानले वितरण गरेको खानेपानी पिउनका लागि प्रयोग नगरेको जानकारी दिँदै धमिलो पानी भाँडा माझ्न र शौचालयमा प्रयोग गर्र्ने गरेको बताए ।

उनले अन्य समयमा एक घन्टामात्रै खानेपानी वितरण गर्ने संस्थानले वर्षायाममा जथाभावी खानेपानी वितरण गरेको उल्लेख गरे ।

पैसा लिइरहेको हुन्छ तर हामीले गुणस्तरीय खानेपानी वर्षाको समयमा पाउन सकेका छैनौँ, उनले भने । रासस

प्रतिक्रिया

भर्खर

केमोथेरापीका लागि चाहिने औषधीको अभाव, कालोबजारी भर पर्दै विरामी

बोझिलो बनेका २५ निकाय खारेज गर्ने सरकारको तयारी, केही निकाय पुनर्संरचना गर्ने

एसियन गेम्स पुरुष क्रिकेटमा आज मेलेसिया र नेपाल भिड्दै

राजबन्दीलाई कागजपत्र बिना रिहा गर्ने भुटान सरकारको कदमप्रति विश्वव्यापी अभियानको असहमति

बसाइँसराइको गन्तव्य बन्दै हेटौंडा, चार वर्षमा ३४ सय घरपरिवार बसाइँ सरेर आए

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu