नयाँ दिल्ली, ११ असार । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

ट्रम्पको नाममा भारतीय गाँउ

ट्रम्पको नाममा भारतीय गाँउ

केन्द्रबिन्दु
१२ असार २०७४, सोमबार
0
Shares

 

नयाँ दिल्ली, ११ असार । भारतको राजधानी नयाँ दिल्लीबाट नजिकै पर्ने एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा नामाकरण गरिएको समाचार छ ।

उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लामा पर्ने मारोरा भन्ने सो गाँउमा अधिकांश मुस्लिम समुदायको बस्ती रहेको छ । ट्रम्प नाम दिइएको सो गाँउ नयाँदिल्लीबाट करिब ८० किलोमिटर टाढा पर्दछ ।

भारतमा शौचालयको प्रयोगका बारेमा चेतना जगाउने तथा निःशुल्क रुपमा सौचालय निर्माण गरिदिने काम गर्दै आइरहेको संस्था सुलभ इन्टरनेशनलले त्यस गाँउलाई खुल्ला दिशामुक्त गाँउ बनाउनका लागि सवैको ध्यानाकर्षण गराउने उद्धेश्यले यस्तो नाम दिएको बताइएको छ ।

सो संस्थाका संस्थापक विन्देश्वर पाठकले सो गाँउप्रति सरकारले ध्यान दिएर खानेपानी र सरसफाईको अवस्थालाई विश्वस्तरमा पुर्याउनुपर्ने बताए ।

कुल १६५ घरधुरी रहेको उक्त गाँउमा अहिले सम्म जम्मा २० ओटा मात्र शौचालय रहेको पनि उक्त संस्थाले हालै एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो ।

सुलभले आगामी सन् २०१९ अक्टोबर २ सम्ममा सवै घरमा कम्तीमा एउटा शौचालय निःशुल्क रुपमा बनाइदिएर खुल्ला दिशामुक्त क्षेत्र बनाउने उद्धेश्य राखेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफा भारत बनाउने घोषणा गरे अनुसार सोही मिति पर्नेगरी यो मिति तय गरिएको पनि संस्थाका संस्थापक पाठकले जानकारी दिनुभयो ।

पाठकले मारोरा गाँउलाई ट्रम्प गाँउ नामाकरण गरिएको घोषणा हालै मात्रै वासिङटन डिसीमा भएको एक कार्यक्रममा गर्नुभएको थियो ।

“मैले त्यहाँको सरसफाईका बारेमा मेरो प्रस्तुती दिईरहेको थिएँ, त्यही बेलामा मेरो दिमागमा यस्तो उपाय आयो, यसलाई त्यहाँका जनताले राम्रै तरिकाले लिएका छन्” उहाँले सञ्चारमाध्यमहरुसँग भन्नुभयो ।

भारतमा यसरी अमेरिकी राष्ट्रपतिको नाममा गाँउको नाम राखेको यो पहिलो पटक भने होईन । राजधानीसँग सिमाना जोडिएको दौलतपुर नासिराबाद भन्ने अर्को गाँउलाई पनि यसअघि कार्टरपुरी नाम दिइएको थियो । जहाँ अमेरिकी पुर्व राष्ट्रपति जिम्मी कार्टरले सन् १९७८ मा भ्रमण गर्नुभएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया

भर्खर

कोशी प्रदेश सरकार माग्यो मतहतका निकायका कर्मचारी र पदाधिकारीको सम्पत्ति विवरण

अलराउण्डर खेलाडीमा ललित राजवंशीको छलाङ

गर्मीले त्रियुगा क्षेत्रमा जनजीवन प्रभावित

गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु

मुजफ्फरपुरको अस्पतालमा आगलागी, कम्तीमा तीन जनाको मृत्यु

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu