विराटनगर, ६ असार । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

विराटनगरमा चार दलबीच रोचक प्रतिस्पर्धा

विराटनगरमा चार दलबीच रोचक प्रतिस्पर्धा

केन्द्रबिन्दु
६ असार २०७४, मंगलबार
0
Shares

विराटनगर, ६ असार । राजनीतिक दलहरुबीच गठबन्धनका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने स्थिति देखापरेको छ ।

नेकपा (एमाले) तथा लोकतान्त्रिक फोरम नेपालबीच र सङ्घीय समाजवादी फोरम नेपाल तथा नेकपा (माओवादी केन्द्र) बीच प्रमुख र उपप्रमुख पदका लागि गठबन्धन भएका कारण निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको हो ।

सो गठबन्धनका कारणले महानगरपालिकामा प्रमुख पदका लागि चारवटा दलका बीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । विराटनगर महानगरपालिकामा प्रमुखको पदमा नेपाली काँग्रेसका भीम पराजुली, एमालेका विनोद ढकाल, उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादव र राप्रपाका प्रह्लाद साहबीच कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको सर्वसाधारण मतदाताले अड्कल गरेका छन् । अन्य राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरुले निर्वाचनमा जित्ने दाबीका साथ उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेले लोकतान्त्रिक फोरम नेपालका उपप्रमुख पदका उम्मेदवार सूची चौधरीलाई सघाउने र लोकतान्त्रिक फोरमले प्रमुख पदमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । माओवादी केन्द्रले सङ्घीय समाजवादी फोरमका उम्मेदवार उमेश यादवलाई र उसले माओवादी केन्द्रका उम्मेदवार नमिता न्योपानेलाई सघाउने सहमति भएको छ ।

यी चार दलबीच प्रमुख र उपप्रमुख पदका लागि भएको तालमेलका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तालमेल गरेका दलहरुले प्रमुख र उपप्रमुख पदमा जित सुनिश्चत भएको दाबी गरिरहेका छन् ।

काँग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी प्रमुख, उपप्रमुखलगायत महानगरका १९ वटै वडाका अध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । अन्य दलले पनि सोहीअनुरुप वडाहरुमा उम्मेदवारी दर्ता गराएका छन् ।

काँग्रेस मोरङले पार्टीको अवस्था मजबुत रहेका कारण कुनै पनि दलसँग गठबन्धन नगरेको काँगे्रस नेताहरु बताउँछन् ।

विराटनगरमा एक लाख १४ हजार मतदाता रहेका छन् । विराटनगरमा स्थानीय तहको निर्वाचनमा पार्टीगत आधारभन्दा स्थानीय समस्या, उम्मेदवारको आचरणले महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ । यस अतिरिक्त जातीय, क्षेत्रीय र भाषिकलगायतका विषयले पनि महत्वपूर्ण प्रभाव पार्ने सम्भावनालाई नकार्न सकिँदैन । रासस

प्रतिक्रिया

भर्खर

केमोथेरापीका लागि चाहिने औषधीको अभाव, कालोबजारी भर पर्दै विरामी

बोझिलो बनेका २५ निकाय खारेज गर्ने सरकारको तयारी, केही निकाय पुनर्संरचना गर्ने

एसियन गेम्स पुरुष क्रिकेटमा आज मेलेसिया र नेपाल भिड्दै

राजबन्दीलाई कागजपत्र बिना रिहा गर्ने भुटान सरकारको कदमप्रति विश्वव्यापी अभियानको असहमति

बसाइँसराइको गन्तव्य बन्दै हेटौंडा, चार वर्षमा ३४ सय घरपरिवार बसाइँ सरेर आए

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu