केन्द्रबिन्दु संवाददाता ।
गृहमन्त्रीहरु डराउँछन्, सम्पत्ति फिर्ता माग्न ।
– तत्कालीन राजपरिवारको सम्पूर्ण सम्पत्ति लिन सकेन सरकारले ।
– पुर्वराजाका छोरी ज्वाईले छोडेनन् ।
– पूर्वराजा ज्ञानेन्द्रले समेत छोडेनन् ।
– प्राप्त सम्पत्ति राष्ट्रहितमा लगाउन बनेको नेपाल ट्रष्ट रमिते भइरहेको छ ।
– गृहमन्त्रीहरुले सम्पत्ति खोज्ने कुरामा सहयोग नै नगर्ने सचिवहरुको आरोप ।
यी र यस्ता आरोपहरुका वीच कानमा तेल हालेर बसेको छ, सरकारी निकाय ।

तत्कालीन राजा वीरेन्द्रको सम्पत्ति कति होला ? यस प्रश्नको जवाफ आधिकारिक निकायहरु नै दिन सक्ने अवस्थामा छैनन् । वीरेन्द्र र उनको परिवारको सम्पत्ति राष्ट्रहितमा लगाउन वनेको संस्था नेपाल ट्रस्ट समेत झिगा मारेर वसेको छ, नारायणहिटी मार्गमा । उसले सजिलै आइपुगेका सम्पत्ति बाहेकको हकमा सिन्कोसमेत भाँच्न सकेको छैन । नेपाल ट्रस्ट सरकारलाई सचिव र कर्मचारी थन्क्याउने ठाऊँ सिवाय केही हुन सकेको छैन ।
रोचक पक्ष त के छ भने ट्रस्टले आफ्नो नाममा पारिसकेको सम्पत्ति समेत भोगचलन गर्न सकेको छैन । पूर्वगृहमन्त्रीहरु भीम रावल र विजय कुमार गच्छदारले ट्रष्टको पक्षमा सिन्को समेत भाँचेनन् । गच्छदारले त ज्ञानेन्द्र पुत्री प्रेरणा बसिरहेको छाउनीको घर–जग्गा वारे धेरै चासो नदिन तत्कालीन सचिवलाई संकेत गरेको स्रोतको भनाइ छ । प्रेरणाले भोग चलन गरिरहेको छाउनीको आलिसान घर १५ रोपनीमा बनेको छ । यसको अनुमानित मूल्य ५० करोडभन्दा बढी हुन्छ । सर्वोच्च अदालतले सरकारको पक्षमा मुद्धाको फैसला गरेपनि फैसला कार्यन्वय अलपत्र परेको छ ।
पटक–पटकका गृहमन्त्री वामदेव गौतमले त झन ट्रष्टको बैठकसम्म राखेनन् भन्ने आरोप छ । गृहमन्त्री ट्रष्टको अध्यक्ष हुने ब्यवस्था छ ।
त्यसैगरी महाराजगञ्जस्थित निर्मल निवासअगाडिको १ रोपनी ७ आनामा बनेको घर जग्गा पनि ट्रस्टको भोगचलनमा छैन । आनाको ४० लाख भन्दा बढीमा बिक्रि हुने व्यापारिक प्रयोजनको यो सम्पत्ति पूर्वराजा ज्ञानेन्द्रको सुरक्षार्थ लगाइएको छ । यो सम्पत्ति लिन त ट्रष्टले तागेता समेत गर्न सकेको छैन । त्यसैगरी
हेटौंडा मेनरोडमा रहेको २६ रोपनी जमीन पनि अरुकै भोग चलनमा छ । यो नेपाली सेनाको कब्जामा छ ।
हिमालयन हाइटमा रहेको र विभिन्न संघ–संस्थाको कब्जामा रहेको घर–जग्गा पनि ट्रस्टले भोग चलन गर्न सकेको छैन । त्यहा“ २८ रोपनी १५ आना २ पैसा जमीन रहेकोछ । व्यापारिक प्रयोजनमा लगाउन सकिने यो जमीन प्रतिआना २५ लाखसम्म बिक्रि हुने स्थानीयहरुको भनाइ रहेको छ । त्यही छेउमा रहेका घरहµ पनि एक सरकारी संस्थाले भोगचलन गरेको छ । सुरुमा नेपाल ट्रस्टको कार्यालय रहेको त्यो घर–जग्गासमेत अन्य कार्यालयले भोगचलन गर्नु लाजमर्दो पÔ हो । मातातीर्थमा रहेको सयौं रोपनी जग्गा पनि ट्रष्टको भोगचलनमा छैन ।
ट्रस्टको सम्पत्ति भोगचलन गरिरहेका मध्ये त्रिभुवन माविले रोचक ढंगले मुआब्जा बुझाउने गर्छ । उसले ६८ रोपनी जग्गा र त्यहाँ वनेका घरहरूको भाँडा बार्षिक १ रुपियाँ मात्र बुझाउ“छ । हालसम्म त्यस स्कुलमा ट्रस्टका कर्मचारी जान सकेका छैनन् । भोगचलनको कुरा लिएर गएको खण्डमा स्कुलले दुब्र्यवहार गर्न सक्ने ट्रस्टका कर्मचारीहरुको बुझाइ रहेको छ ।
हालसम्म दिनेशहरि अधिकारी, शंकर कोइराला, बृन्दा हाडा, जयमुकुन्द खनाल लगायतका सचिवलाई सरकारले ट्रस्टको सदस्य सचिव वनाएर पठायो । तर उनीहरूले ट्रस्टका लागि उल्लेख्य काम भने गर्न सकेनन् । निर्मल निवासवाट दवाव आउने भएको हुनाले सरकारले राष्ट्रहितमा लगाउने भनिएको सम्पत्ति समेत ब्यक्तिले भोगचलन गरिरहेको एकथरीको बुझाइरहेको छ ।
आफ्नो नाममा आइसकेको सम्पत्ति त भोग चलनमा ल्याउन नसक्ने सरकारले अन्य खोज कसरी गर्ला ? सरकारको यस्तो ब्यवहारले नेपाल ट्रष्टको अस्थित्वमा नै प्रश्न चिन्ह लगाईदिएको छ ।
सम्पत्ति ट्रष्टको, भोगचलन अरुको
छाउनी हाइटमा रहेको घर–जग्गा ।
१५ रोपनी १ आना १ दाम जमीनमा बनेका आलिसान महलहरुको अनुमानित मूल्य ५० करोडभन्दा बढी हुन्छ ।
– भोगचलन पूर्वराजा ज्ञानेन्द्रका छोरी–ज्वाईं प्रेरणा र राजबहादुर सिंहले गरिरहेका ।
निर्मल निवासअगाडिको घर–जग्गा
१ रोपनी ७ आनामा बनेको घर जग्गा । आनाको ४० लाख भन्दा बढीमा बिक्रि हुने व्यापारिक प्रयोजनको यो सम्पत्ति पूर्वराजा ज्ञानेन्द्रले भोगचलन गरिरहेका ।
हिमालयन हाइटमा घर–जग्गा
– २८ रोपनी १५ आना २ पैसा जमीन रहेकोछ घर–जग्गा । व्यापारिक प्रयोजनमा लगाउन सकिने यो जमीन प्रतिआना २५ लाखसम्म बिक्रि हुने स्थानीयहरुको भनाइ रहेको छ । रहेको र विभिन्न संघ–संस्थाको कब्जामा रहेको ।
त्रिभुवन माविको संझौता
६८ रोपनी जग्गा र त्यहाँ बनेका घरहरू । वार्षिक १ रुपियाँ मात्र भाँडावापत बुझाउँदै आएको ।
(अन्य साना सम्पत्तिहरु पनि प्रसस्त नै रहेका छन् ।)





























प्रतिक्रिया