केन्द्रबिन्दु संवाददाता । १९ जेठ २०७४, भक्तपुर ।
अनैतिक क्रियाकलापमा संलग्न रहेको अवस्थामा पक्राउ परेका ।

सृजनानगर स्थित महाकाली पेट्रोलपम्प नजिकै रहेको ‘रुफटप’ खाजाघरवाट दुई महिला र तीन पुरुष सुक्रबार अपरान्ह पक्राउ परेका छन् । प्रहरी टोलीले अनैतिक क्रियाकलापको आशंकामा उक्त खाजाघरमा चेकजाँच गर्दा यी महिला–पुरुष पक्राउ परेका हुन् ।
उक्त खाजाघरको माथिल्लो तलाको दुई वटा कोठाबाट अनैतिक क्रियाकलापमा संलग्न भएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिषर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले वताएका छन् । थप अनुसन्धानको लागी उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको । भक्तपुरका विभिन्न होटल र रेष्टुराँमा अनैतिक क्रियाकलाप हुने गरेको प्रहरीको आशंका छ ।































प्रतिक्रिया