
लोकबहादुर भण्डारी
संयोजक, कान्तिपुर–हिसान शैक्षिक मेला
कान्तिपुर–हिसान शैक्षिक मेला के कालागी हो ?
उत्कृष्ट शिक्षा स्वदेशमै हुन्छ । संसारका विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक संस्थाहरू देश भित्र नै छन् । तर, अविभावक र विद्यार्थिहरुले पुरापुरी पत्याइसकेका छैनन् । यस मेलाले हाम्रो स्तरलाई बुझाउन मद्धत गर्छ । अर्को कुरा यसपटकको शैक्षिक मेला माध्यमिक कक्षा ११ र १२ र उच्च शिक्षा अर्थात् विश्वविद्यालय शिक्षा केन्द्रित छ । के पढ्ने र कसरी पढ्ने भन्ने कुराको प्रत्यक्ष सल्लाह पनि दिन्छ मेलाले ।

पहिला र अहिलेको मेलामा के फरक छ ?
विगतमा उच्च माध्यमिक शिक्षा परिषदन्तर्गतका शैक्षिक संस्था मात्रको सहभागिता रहन्थ्यो । नयाँ शिक्षा ऐन जारी भएपछि आधारभूत र माध्यमिक तह छुट्टियो । विद्यालय, विश्वविद्यालय, शिक्षा मन्त्रालय, सीटीईभीटीको सहकार्य र कान्तिपुर–हिसानको अगुवाईमा बृहत् शैक्षिक मेला पहिलो चोटि भएको छ । मेलामा १ सयभन्दा बढी विद्यालय, कलेज, विश्वविद्यालय सहभागी छन् ।
सहभागीहरुको अवस्था कस्तो छ ?
सोचेभन्दा धेरै आकर्षण बढेको छ । सहभागिता विगतभन्दा बढेको छ । पहिलो दिन करिब ३५ हजारले अवलोकन गरेका छन् । चार दिनसम्म साढे तीन लाख जनाले अवलोकन गर्ने अपेक्षा राखिएको छ । यो संख्या हामीले भेटाउन सक्ने पक्का छ ।
मेलामा नआउनेले के छुटाउँछन् ?
प्रत्येक वर्ष एसएलसी र अहिले एसईईको नतिजा प्रकाशन भएपश्चात् ठूलो जमात शैक्षिक भविष्य रोज्ने क्रममा हुन्छ । कहाँ पढ्ने ? कुन कलेज भर्ना हुने, कहिलेसम्म भर्ना हुने, कुन विषय पढ्नेजस्ता धेरैखाले अन्योल रहन्छ । त्यही अन्योल चिर्न, सबैलाई सही विषय र कलेज छनोट गर्न तथा करिअरलाई सही ढंगले अघि बढाउन परामर्श दिलाउनु नै मेलाको प्रमुख उद्देश्य हो । ती अन्योल चिर्न र हामी अब्बल संस्था हौं भन्ने प्रमाणित गर्न शैक्षिक संस्थाहरू मेलामा सहभागी भएका छन् । आफ्नो शैक्षिक भविष्य कसरी अघि बढाउने भन्नेबारे सही परामर्श लिने उचित अवसरका रूपमा चार दिने शैक्षिक मेला हो ।






























प्रतिक्रिया