लन्डन । "/>

७२ बर्षमा डेटिङ गर्दै मार्गरेट

७२ बर्षमा डेटिङ गर्दै मार्गरेट

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । १८जेठ २०७४ । घर बसाउने इच्छा छ उनलाई ।   लन्डन । ७० वर्ष पुरा भएका मानिसले के गर्छन् ? जवाफ हो, घर बसेर आराम गर्छन् । रिटायर्ड लाइफ भन्दै सवैखाले काम वाट टाढा बस्छन् । तर, ब्रिटेनको न्यूकैसलमा बस्दै आएकी ७२ बर्षे बृद्धा मार्गरेट कालिन्सको जीवनशैली भने बैशालु युवतीको जस्तो छ । उनी युवाहरुसँग डेटिङ जान्छिन् । पार्टीमा मार्गरेट जमेर डान्स् गर्छिन् । पोल डान्स् उनलाई मनपर्छ । यतिमात्र होइन उनी २५ देखि ४० सम्मका युवाहरुसँग डेटिङ समेत गर्छिन् । यस प्रकारको दैनिकीले उनलाई खुसी दिएको छ । मार्गरेटका ३ छोरीनै उनको यस्तो जीवनशैलीलाई सघाउन चाहान्छन् । आमाको खुसीलाई उनीहरु आवश्यकपर्दा लगानी गर्न समेत तयार छन् । उनका ५ नाती र २ पनाती पनि छन् । मार्गरेटले दुई पटक विवाह गरिन् । छोरीहरु ठूला भएपछि उनले आफैं ब्यापार सुरु गरिन् र त्यसैलाई सम्हालेर बसिन् । अहिले उनी ब्यापारमा समय दिन्नन् । मार्गरेटका अनुसार उनले २ सय युवासँग डेटिङ गरिसकेकी छन् । उनलाई कतिपय युवाहरुले देशभित्र मात्र होइन, विदेश समेत घुमाएका छन् । एक युवासँग उनी २ वर्षसँगै पनि बसिन् । उसले धेरै माया पनि गर्थो रे । तर जीवनभरी बस्ने बाचा चाहिं उसले गर्न सकेन । त्यसैले त्यस जवानलाई उनले माया मारिन् । नाती–नातिना, पनाती–पनातिनी समेत भएकी मार्गरेट किन युवाहरुसँग डेटिङ गरिहेकी छन् त ? भन्छिन् – म घर बसाउन चाहान्छु । एजेन्सीको सहयोगमा ।

Skip This
Logo