केन्द्रबिन्दू संवाददाता । "/>

मिल्यो, कांग्रेस–माओवादीको भागबन्डा

मिल्यो, कांग्रेस–माओवादीको भागबन्डा

केन्द्रबिन्दु
0
Shares

 


केन्द्रबिन्दू संवाददाता । १८ जेठ, २०७३ ।
एमालेको संसद अवरोधले सरकार गठनमा ढिलाई हुने निश्चित ।

प्रचण्ड सरकारमा कांग्रेसले लिएका अधिकांश मन्त्रालय माओवादी केन्द्रले र माओवादी केन्द्रले चलाएका मन्त्रालय कांग्रेसले लिने सहमति भएको छ । आगामी सरकार गठनको भागबण्डा मिलाउन कांग्रेसले बिमलेन्द्र निधी र माओवादी केन्द्रले कृष्णबहादुर महरालाई अनौपचारिक रुपमा जिम्मा लगाएको एक सातापछि यस्तो निस्कर्ष निस्किएको स्रोतको दावी रहेको छ । ओली (केपी ओली) सरकार ढालेर प्रचण्ड (पुष्पकमल दाहाल) सरकार वनाउन पनि निधी र महराकै पहल रहेको मानिन्थ्यो ।

सरकार निर्माणमा गृहकार्यगरिरहेका नेपाली कांग्रेसका नेता रमेस लेखकका अनुसार कांग्रेसले अर्थ र माओवादी केन्द्रले गृह मन्त्रालय लिने सहमति भएको छ । ‘अन्य मन्त्रालयका सम्बन्धमा समेत करिव– करिव कुरा मिलिसकेको छ’– लेखक भन्छन् । सहमतिय सरकारकोलागी राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा सकिएसँगै बहुमतीय सरकारको मार्ग खुलेको हो । बहुमतले सरकार गठनगर्न कांग्रेस, माओवादी केन्द्र र फोरम लोकतान्त्रिक भए पुग्छ ।

गृह, अर्थ लगायतका मन्त्रालयमा कुरा मिलेपनि रक्षा मन्त्रालय कांग्रेसले नछोड्ने अड्डी लिएको पनि सरकार गठन प्रक्रियामा संलग्न माओवादी केन्द्रका एक नेता वताउँछन् । त्यसैगरी माओवादी केन्द्रले पनि उर्जा मन्त्रालय नछोड्ने रणनीति बनाएको छ । उनका अनुसार यस वाहेक अन्य कुनै मन्त्रालयमा विवाद छैन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने अवको सरकारमा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक मिसिने पक्का भइसकेको छ । गच्छदारलाई उपप्रधानमन्त्री सहित दुई मन्त्रालय दिने सैद्धान्तिक सहमति भएको सरकार डिजाइनमा संलग्न एक नेताले वताए । गच्छदारले उपप्रधानमन्त्री सहित एउटा मन्त्रालय सम्हाल्ने छन् । तर कुन ? स्रोतका अनुसार उनी भौतिक योजना तथा निर्माणमा दावी गरिरहेका छन् । त्यसैगरी पर्यटन मन्त्रालय पनि पाउनु पर्ने गच्छदारको दावी रहेको छ ।

राप्रपा अध्यक्ष कमल थापाले भने उपप्रधान सहित गृहमन्त्रालयको दावी गरिरहेका छन् । तर उनले गृह नपाउने निश्चित जस्तै रहेको छ । गृह दावी गरेर उनी कुनै शक्तिशाली मन्त्रालय लिने दाउमा रहेको विश्लेषण गरिन्छ । यो समाचार तयारपर्दासम्म राप्रपा सरकारमा जाने निर्णय पार्टीले गर्छ वा गर्दैन भन्ने चाहिं अनिश्चित नै छ ।

सरकार गठन भने कहिले हुन्छ ? यो प्रश्न चाहिं अनुत्तरित छ । भरतपुर महानगरपालिकाको मत गणनामा विवाद भएपछि त्यस मुद्धालाई संसद प्रवेश गराएको एमालेले संसद अवरुद्ध गर्न थालेपछि सरकार गठनमा ढिलाई हुने देखिएको छ । आज पनि एमालेले संसद अवरोध गरेको छ ।

 

कांग्रेस
अर्थ
रक्षा
शिक्षा

माओवादी
गृह
राप्रपा (सहमतिमा आए)
– स्थानिय विकास (उपप्रधानमन्त्री सहित)
– अन्य २ (महत्वपूर्ण नमानिएका) मन्त्रालय

 

फोरम लोकतान्त्रिक (सहमतिमा आए)
– भौतिक योजना तथा निर्माण (उपप्रधानमन्त्री सहित)
– अन्य २ (महत्वपूर्ण नमानिएका) मन्त्रालय

Skip This
Logo