काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ८५६ कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कोरोना संक्रमितको संरंख्या १ लाख ५८ हजार ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३३६ जना घर फर्किएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८ हजार ३३४ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।





























प्रतिक्रिया