२ जेठ २०७९ सोमबार
1
1
1
1

0 Shares

वैदेशिक लगानी : नेपाल १४५ औँ स्थानमा

1
1
1
1
1
1

काठमाडौँ

हालसम्म नेपालमा विदेशी लगानी १ खर्ब ६९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाल नेपालमा रहेको लगानीमध्ये ६६ दशमलव १ प्रतिशत सञ्चित पुँजी, ३० दशमलव २ प्रतिशत चुक्ता पुँजी र ३ दशमलव ७ प्रतिशत ऋण छ ।

नेपालमा भित्रिएको लगानीमध्ये ७० प्रतिशत सेवा क्षेत्र र करिब ३० प्रतिशत उत्पादनमूलक क्षेत्रमा रहेको नेपाल राष्ट्र बैंकको विदेशी लगानी सम्बन्धी सर्वेक्षणले देखाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीमध्ये युनिलिभर नेपाल सबैभन्दा बढी लाभांश बाँड्ने कम्पनी हो । उसले आर्थिक वर्ष ०७३,७४ मा १ हजार २ सय ७० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै गत आव ०७४,७५ मा उसले ७ सय प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाली सेयरबजारमा सबैभन्दा बढी सेयर मूल्य हुने कम्पनी पनि युनिलिभर नै हो । उसको प्रतिसेयर मूल्य १९ हजार ३ सय ८० रुपैयाँ छ । युनिलिभर नेपालमा हिन्दुस्तान लिभर लिमिटेडको ८० प्रतिशत र नेपाली लगानीकर्ताको २० प्रतिशत सेयर छ ।
नयाँ पत्रिकाबाट

प्रकाशित: ११ चैत २०७५ ०७:३१ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी