चेन्नईलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्षस्थानमा उक्लियो

चेन्नईलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्षस्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । दुबईमा जारी इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै मुम्बई अंक तालिकाकाे शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि ११५ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १२.२ ओभरमा बिनाविकेट सहजै पूरा गर्‍यो । यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । मुम्बइकाे जितमा ईशान किशन ६८ रनमा र क्विन्टन डी कक ४६ रनमा अविजित रहे ।

मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ नेट रनरेटको आधारमा शीर्षस्थानमा उक्लिएको छ । चेन्नई सुपर किंग्स ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ ।

Logo