राष्ट्रपतिबाट सर्वसाधारणलाई टीका प्रदान नहुने

राष्ट्रपतिबाट सर्वसाधारणलाई टीका प्रदान नहुने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति पीठमा दर्शन नगर्ने भएकी छन् । साथै विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी हुन् ।

विगतमा दशैँमा उक्त परम्परा रहेकोमा यस पटक विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड(१९) का कारण उक्त सबै कार्यक्रम नहुने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन्  ।

 

Logo