ब्राजिलमा कोरोना भाइरसको संक्रमण बढ्दो: एकै दिन ३ हजार भन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरसको संक्रमण बढ्दो: एकै दिन ३ हजार भन्दा बढीको मृत्यु


ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण झन् बढेको देखिएको छ । यहाँका अधिकारीहरुका अनुसार मंगलबार मात्र त्यसअघिको २४ घन्टा भित्रमा मृत्यु हुनेको संख्या तीन हजार भन्दा बढी पुगेको छ । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २५१ जना पुगेको बताएको समाचारमा उल्लेख छ । 

योसँगै यहाँ भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार मंगलबार सम्ममा ब्राजिलका २ लाख ९८ हजार भन्दा बढी व्यक्तिले यसबाट ज्यान गुमाएका छन् । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबार सम्ममा ब्राजिलमा कोरोनाको कारण २ लाख ९८ हजार ६७६ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । रासस

Logo