काभ्रेमा आज ४१ जना नयाँ संक्रमित थपिए

काभ्रेमा आज ४१ जना नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेमा आज ४१ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार एकैदिन ३७ जना कोरोना संक्रमित थपिएकामा शनिबार यो संख्या ५ जनामा सिमीत रहेको थियो । आइतबार पुनः बढेर ३३ जना संक्रमित थपिएका थिए। आज ४१ जना नयाँ थपिएसँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार २८४ पुगेको छ ।

गत हप्ताको शुरु आइतबार ४३ जना र सोमबार ३७ जना थपिएका थिए । मंगलबार ५८ जना थपिएका थिए भने बुधबार ४० जना नयाँ संक्रमित थपिएका थिए । विहिबार ३१ जना थपिएको जिल्लामा शुक्रबार ३७ जना थपिएका थिए।

जसमध्ये ७०२ जना निको भएका छन् । जिल्लामा २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ७ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये बनेपाका २८ जना, मण्डनदेउपुरका ४ , पनौतीका २, पाँचखालका १, रोशीबाट १ र धुलिखेलका ५ जना रहेका छन् ।

Logo