ती प्रहरी, जसले प्रहरी दिवसकै दिन चार लाख घुस खाए…!

ती प्रहरी, जसले प्रहरी दिवसकै दिन चार लाख घुस खाए…!

केन्द्रबिन्दु
0
Shares

बुटवल ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ४ लाख घुससहित इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत हवल्दार शिवचन्द्र सहानीलाई पक्राउ गरेको छ।

हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाउन सहयोग गरेवापत उनले घुस लिएको बताइएको छ । देशभर प्रहरी दिवस मनाइरहँदा उनलाई शुक्रबार दिउँसो अख्तियारले समाएको हो ।

रुपन्देहीको सियारी–७ स्थित खनाल मिठाई पसलबाट हवल्दार सहानी र उनकी श्रीमती निर्मला केवटलाई अख्तियारले नियन्त्रणमा लिएको अख्तियार बुटवलले जनाएको छ ।

पक्राउ परेकामाथि थप अनुसनधान भइरहेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।अन्नपूर्णबाट

Skip This
Skip This
Logo