दशैंकाे शुरूवात, शक्तिपीठ र मन्दिरमा भने निषेधाज्ञा

दशैंकाे शुरूवात, शक्तिपीठ र मन्दिरमा भने निषेधाज्ञा

केन्द्रबिन्दु
0
Shares

सप्तरी,

महत्वपूर्ण चार्ड दशैं नजिकिएसँगै कोभिड–१९ संक्रमणलाई दृष्ट्रिगत गरी जिल्ला सुरक्षा समिति, सप्तरीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

समितिको शुक्रबारकाे बैठकले गए राति ११ बजेदेखि आगामी मङ्सिर ७ गते राति ११ः३० बजेसम्मका लागि निषेधाज्ञाको अवधि कायम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरद्वारा जारी सूचनामा मन्दिरका तर्फबाट गरिने नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण कार्य÷गतिविधि हुन÷गर्न निषेध गरिएको छ ।

Logo