के तपाई नेपाल प्रहरी बनेर देशको सेवा गर्न चाहनु हुन्छ ? यदि त्यसो हो भने तपाईका लागि अवसर आएको छ ।
प्रहरी प्रधान कार्यालयले पाँच हजार बढी नयाँ प्रहरी भर्नाका लागि आवेदन खुलाएको हो । प्रहरीले पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिनका लागि आवेदन खुलाएको हो ।
पाँच हजार दुई सय २७ जना मध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। समावेशीतर्फ आदिवासी जनजातिका लागि सात सय ३७ वटा कोटा छ। महिलातर्फ चार सय ४१ जना मागेको छ।
इच्छुकले कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र फारम भरिसक्नु पर्नेछ । भर्नाका लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ । दरखास्त फारमको एक सय ५० दस्तुर लाग्नेछ। यस बाहेक कुनै दस्तुर लाग्ने छैन।
१८ वर्ष पूरा भई २३ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने सक्नेछन् । प्रहरी जवान पदका लागि कक्षा आठ वा सो सरह पास गरेको हुनुपर्नेछ।

















