जस्केलाबाट सत्तामा छिरेर तुजुक नदेखाउन नारायणकाजीलाई भट्टराईको चेतावनी

जस्केलाबाट सत्तामा छिरेर तुजुक नदेखाउन नारायणकाजीलाई भट्टराईको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन् ।

नेता भट्टराईले बुधबार बेलुका सामाजिक सञ्जालमार्फत भनेका छन् ‘बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन र दण्डसजाय गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गरौँ । सबै उच्च पदासिनहरुको सम्पत्ति छानबिन गरौँ । म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु । जस्केलाबाट छिर्नेहरुले सत्ताको तुजुक नदेखाऊँ ।’

केही दिन अघि भट्टराईले गोरखामा आयोजित कार्यक्रममा बुढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा लगायतले नौ अर्ब भ्रष्टाचार गरेको आरोप लगाउदै आफूसँग प्रमाण भएको दावी गरेका थिए ।

जवाफमा प्रवक्ता श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै केहीदिन अघि भट्टराईले बूढीगण्डकी आयोजनामा ९ अर्ब भ्रष्टाचार गरेको भनि दिएको अभिव्यक्ति गलत भएको बताउँदै प्रमाण पेस गर्न चुनौती दिएका थिए ।

त्यसैको जवाफ दिँदै भट्टराईले पछिल्लो चुनौति दिएका हुन् । गएको प्रतिनिधी सभा निर्वाचनमा भट्टराई र श्रेष्ठ गोरखा–२ बाट उम्मेदवार भएका थिए । उक्त निर्वाचनमा भट्टराई तत्कालीन नयाँ शक्ति पार्टीबाट विजयी भएका थिए । निर्वाचनमा पराजित श्रेष्ठ अहिले राष्ट्रियससभा सदस्य छन् ।राजधानीबाट

Skip This
Skip This
Logo