वाग्मती प्रदेश : कोभिड–१९ को उपचार थप प्रभावकारी बनाइने

वाग्मती प्रदेश : कोभिड–१९ को उपचार थप प्रभावकारी बनाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वाग्मती प्रदेश सरकारले कोभिड–१९ बाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि उपचार सेवा थप प्रभावकारी बनाउने रणनीति अघि सारेको छ । वाग्मती प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेशभरी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि कोभिड उपचार सेवालाई थप प्रभावकारी बनाउने योजना अघि बढाएको हो ।

जस अनुसार मन्त्रालयमार्फत प्रदेश भरी रहेका सरकारी र सामुदायिक गरी ३० वटा स्वास्थ्य संस्थामा आइसोलेसन केन्द्र सञ्चालनका लागि विनियोजित १५ करोड ८१ लाख रकममध्ये तत्कालका लागि ५० प्रतिशत रकम स्वास्थ्य संस्थामा पठाइसकिएको महाशाखा प्रमुख सतिश विष्टले जानकारी दिए ।

जस मध्ये न्यूनतम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रसुवालाई रु एक लाखदेखि अधिकत्तम स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र हेटौँडालाई रु सात करोड ६५ लाखसम्म विनियोजन गरिएको थियो । विनियोजीत रकममध्ये ती स्वास्थ्य संस्थामा तत्कालका लागि ५० प्रतिशत रकम पठाइसकिएको छ । थप ५० प्रतिशत रकम स्वास्थ्य संस्थाको कार्य प्रगतिका आधारमा पठाइने योजना रहेको महाशाखा प्रमुख विष्टले जानकारी दिए ।

यस प्रदेश मातहतको त्रिशूली अस्पताल तथा धादिङ अस्पतालमा १० श्ययाको भेन्टिलेटरसहित आइसियु थप गरी सञ्चालनका लागि दुईवटै अस्पताललाई रु दुई, दुई करोड विनियोजना गरिएकाले सोको व्यवस्थापन कार्य अघि बढाएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

यसैगरी वाग्मती प्रदेश मातहतका सबै अस्पतालमा थप श्यया विस्तारका लागि पत्राचार गरी कार्य शुरु गरिएको जनाइएको छ । यता प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा तत्काल आइसियु र भेन्टिलेटर सेवाका लागि आवश्यक पर्ने करिब एक जना स्वास्थ्यकर्मी जनशक्ति थप गर्ने तयारी गरिएको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।

प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार यस वाग्मती प्रदेशमा करिब तीन हजार सङ्ख्याको हाराहारीमा सरकारी स्वास्थ्यकर्मी कोभिड–१९ रोकथाम बचावट साथै बिरामीको उपचारमा प्रत्यक्षरुपमा क्रियाशील छन् ।

वाग्मतीको अवस्था

सामाजिक विकास मन्त्रालयका अनुसार सोमबारसम्मको तथ्याङ्क अनुसार यस प्रदेशमा देशको कूल सङ्क्रमणको करिब ४६.५२५ प्रतिशत रहेको छ भने मृत्युको अनुपात यस प्रदेशमा तुलनात्मकरुपमा बढिरहेको छ । मृत्यु हुनेमा बढ्दो उमेर र दीर्घरोगीको देखिएको छ । यस प्रदेशमा पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा बढेको हुनाले हाल उपचाररत बिरामीको सङ्ख्या निको भएकाभन्दा तुलनात्मकरुपमा बढी देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो रासस

Logo