पीडित पत्रकारहरुद्वारा महासंघ कार्यालय अगाडि प्रदर्शन

पीडित पत्रकारहरुद्वारा महासंघ कार्यालय अगाडि प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विभिन्न बहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी विदामा राखेर दुःख दिएको भन्दै सूचना तथा प्रशारण विभाग अगाडि प्रदर्शन गरिएको छ ।

नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चार माध्यमका पीडित पत्रकारहरुले लालटिन बालेर विभाग अगाडि प्रदर्शन गरेका हुन् । पत्रकारको हक हितका लागि सरकारले समेत आफ्नो दायित्व निर्वाह नगरेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताए । सरकारलाई दबाव दिन विभाग अगाडि लालटिन बाँधेर प्रदर्शन गरिएको उनको भनाई छ ।

लकडाउनपछि पत्रकारलाई जागिरबाट निकाल्ने, बेतलबी विदामा राख्ने, अनेक किसिमका दुःख दिने क्रियाकलाप गरेको भन्दै महासंघले प्रदर्शन गरेको महासचिव विष्टले बताए ।

कोरोनालाई बहाना देखाएर विभिन्न सञ्चार माध्यमहरुले पत्रकारहरुलाई जागिरबाट निकाल्ने र बेतलबी विदामा राखेका छन् । जागिरबाट निकालिएका पत्रकारहरु अहिले आन्दोलित छन् । पत्रकार महासंघले समेत उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

Logo